शङकाले लङका पिर्छ

शङकाले लङका पिर्छ । एकदमै चर्चित नेपाली उखान हो । यो तीन अक्षरको शब्द शङका जहिले पनि महिलाहरुको जिवनसग जोडीने गर्छ । पाइला पाइलामा यो शब्दले पछयाउने गर्छ । यसको शाब्दिक अर्थ नेपाली बृहत शब्दकोशमा केहि अनिष्ट हुन्छकी भन्ने डर वा आशङका सन्देह भन्ने लाग्छ । जब मानीसको मनमा यो शङकाले बास लिन्छ जिवनमा जहिले झगडा र द्धन्द निमत्याउछ । कहिले मानिस सुखि हुन सक्तैन । मानशिक रुपमा रोगी नै हुनपुग्छ । नेपाली समाज पृतिसतात्मक समाज हो । त्यसैले पुरुषको अधिनमा धेरै नेपाली महिलाहरु बस्नुपरेको छ । एक्लो जिवन छउन्जेल कुनै पनि किसिमको कामलाइ महिलाहरुले निरन्तरता दिएको पाइन्छ । जब विवाह बन्धनमा बाधिन्छन त्यसपछि महिलाहरुले गरेको कामबाट हात धुनु परको थुप्रै उदाहरणहरु छन । यसको पछाडिका थुप्रै कारणहरु मध्ये एक कारण शङका पनि पर्छ । आज म यहि बिषयमा चर्चा गर्न गइरहेको छु ।
कुरा जेठ १४ अघिको हो । सुदुरपश्चिममा अखन्ड सुदुरपश्चिमको आन्दोन चर्कीरहेको थियो । मध्य पश्चिममा थारुहरुको र पुर्वमा लिम्बूवानको आन्दोल निक्कै चर्किएको थियो । त्यसमा महिला अधिकारका कुरा पनि उठिरहेका थिए । त्यो आन्दोलनको प्रभाव धरानमा पनि निक्कै परेको थियो । पहिचान सहितको संघिय राज्यको मागमा धरानका दुइ महिला एकदमै सक्रिय थिए । उनीहरुले नै आन्दोलम हाकीरहेका थिए भन्दा पनि फरक पदैन । सारा बजार ठप्प थियो । महगिले आकाश छुन लागेको थियो । जिवन एकदमा कष्टपुर्ण बन्दै गएको थियो । एका बिहानै म पनि आन्दोलनको समाचार सम्प्रेण गर्न धरानको भानुचोक स्थित घन्टाघरमा आएकी थिए । धरानका ती दुइ जना दिदीहरु पनि त्यहा आउनुभएको थियो । । उहाहरुको हातमा झन्डा थियो । अनी सानो व्याग हातमा । यहि आन्दोलनको चर्चा गदै चिया पियौ । त्यसै क्रममा मै ती दुइ दिदीहरुलाइ प्रश्न गरे । दिदी तपाइहरु यसरी विहान बेलुका नभनी आन्दोलन हाकीरहनुभएको छ । तपाइहरुको श्रीमानले कतिको साथ दिनुहुन्छ ? दुवै जना दिदीहरु मुखा मुख गर्नुभयो । अनी लामो सास तान्दै सीता यस बिषयमा त के भन्नु र । कति पिरमा बाचेका छौ त्यो त हामीलाइ मात्र थाहा छ । मेरो त श्रीमानसग वोलचाल नभएको एक बर्ष भन्दा बेसी भयो । धन्न छोरा छोरीले मलाइ साथ दिएकाले अधिकारको यो लडाइमा म निर्कक्क हिडिरहेको छु । मैले ती दिदीलाइ प्रश्न गरे दिदी किन वोलचाल बन्द भएको नी तपाइको श्रीमानसग ? खै के भन्नुर । म त धेरै सामाजिक संघ सस्थामा काम गर्छु । छिमेकीको झगडा मिलाउन देखि महिला हिंसामा परेका महिलाहरुको पक्ष लिएर अड्डा अदालत देखि प्रहरी चौकी समेत धाउनु पर्छ । कयौलाइ अधिकार दिलाएको छु । तर मेरो व्याथा र पिर कस्ले वुझने । छातिमाथि ढुङका राखेर बाचेको छु । मनमा जति पिर भएपनि लुकाएको छु । साथीभाइको साथ पाएकी छु । यसमा नै चित्त वुझाएको छु । मेरो श्रीमानलाइ म बाहिर समाजसेवामा हिडेको मन पदैन । उनी पनि सामाजिक सस्थामा छन । नबुझ्ने होइन बुझने नै हो । तर म जोसग हिडछु उसैलाइ बुढा दिन्छन । यति सम्मकी मसग हिडने पुरुषसग रातविताउछु रे ? त्यसै गर्नु पल्कीएकोले म हिडिरहन्छु रे ? कसैको फोन आयो भने कुन चाही नाठोले फोन गर्यो भनेर कयौ पटक झम्टिएका छन । बुढेसकाल भै सक्यो जहिले पनि शङका गर्ने । दिनरातको कच कच र झगडाले म आजित भए । त्यै भएर बोलचाल बन्द भएको छ । एकै घरमा वसेपनि दुख सुख साटासाट हुन छोडेको छ । सीता तपाइ आफै भन्नुहोस म हजुरआमा भएको मान्छे विग्रीएर दुनीयासग हीडछु होला र म सग ति दिदीले उल्टै प्रश्न गर्नुभो । म चुपचाप बसे । यसरी म सग गुनासो गर्ने उनी पहिलो महिला होइन । यस्ता गुनासाहरु मैले कयौको सुनेको छु । कति मेरा साथीहरुले श्रीमानकै शङका गर्ने बानीका कारण जागिर छोडेका छन । सम्वन्ध विछोड गरेर बसेका छन । यहि शङकाका नै घर झगडाको बिउ भएको छ ।
एकजना दिदीले आफनो कुरा भनी सक्दा नसक्दै अर्को दिदीले पनि आफुले भोगेको कुरा सुनाउन थालिन । अरुको अधिकारको कुरा उठाइ हिड्छन मेरो श्रीमान । तर घरमा आएपछी सारा कुरा विर्सिन्छन । कसैको बाइक पछाडि बस्नु पनि हुदैन । फोन आयोकी शङका गरेर कुन तेरो बुढाले फोन गर्यो भनी गर्जिन्छन । त्यै भएर मैले मोवाइल पनि फुटाइ दिए । घरको सारा काम भ्याएर म समाजसेवा गरिरहेकी छु । कयौको अधिकार स्थापीत गरेकी छु । तर म भने दिन रात श्रीमानको शङकाबाट पिडित छु । कसलाइ सुनाउने मेरा यी पिडाहरु चुपचाप सहेर बसेकी छु । काम पनि गर्न छोडेकी छैन । छोरा छोरीको साथले सारा कुरा भुल्ने कोसीस गर्छु । एक कानले सुनेर अर्को कानले उडाइदिन्छु । म पनि उ जस्तै हुने भएको भए उहिल्यै पारपरचुके गर्थे । तर मैले समाजमा रहेको उसको प्रतिष्ठा वचाउन नै वोलेको छुइन । पचाएर बसेकी छु । दुवैजना दिदि लु अव कोणसभा गर्नु छ भन्दै हतारिए । अझै कति धेरै कुरा छन तपाइसग गर्ने । हातमा झन्डा लिएर अधिकार स्थापना गर्नु छ भन्दै दुवै दिदिहरु कोणसभा स्थलतिर लाग्नु भो ।
यी दुइ दिदीहरुको जस्तै पिडा कयौ महिलाहरुले भोगिरहेका छन । नया प्रविधिको विकाससगै शङकाले थप मलजल पाइरहेको छ । मोबाइल आउने एसएमएस फोन, इमेल, सामाजीक सन्जाल फेसबुक र ट्वीटरमा लेखिएका स्टाटसको समेत किन लेखियो जबाफ दिनु पर्छ महिलाले जसको श्रीमान छ अथवा प्रेमी छ । अनी महिलाले कुदाउने स्कुटर, वाइक, कार पनि शङकालाइ थप मलजल गर्ने साधन हुन । आजकाल त आफै गाडि, स्कुटर, वाइक, कुदाउने भइस कहा जान्छस पत्ता हुदैन म नभाको बेलामा भनेर झगडाको कारण बनिरहेका छन । तर यसको आसय पुरुषहरु मात्र यस्तो हुन्छन भन्न खोजेको होइन । महिलाहरु पनि यस्ता छन ।
कमै महिला छन जो आफै निर्णय लिन सक्छन । जिवन चलाउन सक्षम छन । अधिकारका आवाज उठाउने भएपनि कयौ पुरुषहरु श्रीमतिले मेरो सेवा गरोस । मलाइ हेरचाह गरोस भन्ने भावना हुन्छ । हेरचाह र सेवा नगर्नु भन्न खोजिएको होइन । तर दुवै तर्फबाट बराबर हुनु पर्छ भन्न खोजेको हो । घर अफिसको काम देखि दुखसुख साटने प्रक्रिया सम्म । तर यसमा एकाधे भएका छन महिलाहरु । महिलाहरुले पनि कुनै हिचकचाहट घर बाहिरको काम गर्ने बातावरण बन्नु पर्छ । जसरी पुरुषहरुले गरिरहेका छन । महिलाहरुको हकमा भने जव घरको जङघार नाघेर जान्छन त्यसपछि पाइला पाइलामा प्रश्नसगै शङकाको शिकार हुनु परिरहेको छ । दुर्भाग्य शंकाको कुनै दवाइ हुदैन । यस्तो अवस्थामा कहिले सम्म महिलाहरु मुटुमाथी ढुङगा राखि हास्नु पर्ने हो ।

3 प्रतिक्रिया:

  1. Nagarikako Purbeli pagema padheko thie. ramro lagyo. yo pani mahila hinsakai rup ho.

    ReplyDelete
  2. Samaya sandarvik bisayama uchit bicharharu prastoot chan..yo aajako jatil samasya ho vanda pani farak pardaina....yaslai hamile afno tarfa bata bibekpurna tarikale hatauna prayas garnu nai hamro daeetwo hunexa jasto lagxa lagxa..

    ReplyDelete
  3. रुपान्तरण गर्न अझ धेरै बाकी छ । यद्धपी रुपान्तरण सम्भव छ ।

    ReplyDelete