छोरा भए खान्छस आमा भन्थ्यो

पम्फा देवी गुरुङ रोक्का (७५) कलावन्जार भरौल सुनसरीकी हुन । उनको माइती खोटाङ हो । उनी १० बर्षको हुदा आमा वुवाले ८० बर्षको वुढासग विवाह गरिए दिए । त्यसवाट छोराको जन्म भयो । तर पहिलो श्रीमानसग वस्न नपाएको कारण उनले भरौलका कलावन्जारका रोक्का क्षेत्रीसग दोस्रो विवाह गरिन । क्षेत्रीको तर्फवाट जाय जन्म भएन । पहिलो पट्टीको श्रीमानबाट जन्मेको छोरा पनि साथमा ल्याइन पम्फादेवीले । छोरालाइ विवाह गरिदिइन । वुहारी र छोराको झगडा भएकाले सानो नाती च्यापेर वुहारी माइती धरान भागेर गइन । पम्फाले छोरालाइ वुहारी लिन पठाए । तर छोराले वुहारी ल्याउनुको साट्टो उल्टो ससुरालीवाट कुटाइ खाएर फर्के । लागाएको सर्ट सवै च्यातीएको अवस्थामा राती १ बजे घर आइपुगेको थियो । त्यसपछि १५ सय रुपैया लिएर पम्फाका छोरा राजकुमार घरवाट भागेर हिडयो । पम्फाले कालावन्जारमा होटल सन्चालन गरेकी थिइन ।

छोरा घर छोडेर भागेर गएको पिडा त छदै थियो । एकमात्र साहारा श्रीमानको पनि मृत्यु भयो । श्रीमानको मृत्यु अनी छोरा वेपत्ता भएपछि विछिप्त वनेकी पम्फाले सम्पुर्ण घरवार होटल वेचेर छोरालाइ खोज्न भारतको दार्जीलिङ, सिक्कीम २ जना लिएर गइन । घरवार होटल वेचेको एक झोला पैसा सकिए पछि गह्रौ मन लिएर फर्केइन । त्यस पछि जसो तसो जिवन विताइन । लामो समय पछि छोरा झापाको सुरुङामा छ भन्ने सुनेका कारण उनी झापा तीर लागिन । यसरी छोरा खोज्न जादा छोरा भेटिएन तर उनी केर्खा नजिकैको सडक दुर्घटनामा परिन । दुर्घटनापछि उनी राम्ररी हिडन नसक्ने भएकी छिन । प्रहरीले उनलाइ सुनसरीको पकलीमा रहेको श्री राम जानकी शान्ती वृद्धाश्रममा पुर्याइ दिएका हुन । उनी १० बर्ष देखि त्यही आश्रममा वसीरहेकी छिन । उनको छोरा हराउदा पम्फा ३० बर्षकी थिइन । अहिले उनी ९१ बर्ष पुगिन ।  उनी भन्छिन – सपनामा अझै छोरालाइ देख्छु । उ उकालोमा जान्छ । ए कहा गाको नानी भन्छु । आउछु आउछु भन्छ ।  आउदैन थुप्रो वर्ष भयो । छोराको सम्झना आउछ । माया लाग्छ नी । छोरा भए खान्छस आमा भन्थ्यो ।  के के खान मन पर्छ छैन पैसा के गर्नु । यल्ले किनेर खानु ल भनेर पैसा दिन्छन  । थाप्छु के गर्नु । मेरो कर्म यस्तै रहेछ भन्छु । अनी थाप्छु हात । अरुको सवैको आफनो छ मेरो मात्र छैन । त्यती छोरा आइदिए पनि हुन्थ्यो नी । मेरो नातीको नाम राजकुमार हो । उ धरानको वीच घोपामा वस्छ । एक पटक आएको थियो । स्याउ ल्याउदिएको थियो । पाच सय राखेर ढोग्यो । अझै पनि नाती आउछ की भनेर वाटो हेर्छु ।
इन्दिरा सुवेदी । 
उनलाइ मासु खान मन लागेको रहेछ । हात समाएर उनले कान छेउमा ल्याउन इसारा गदै सासे स्वरमा नानी सारै मासु खान मनलागेको छ भनीन । त्यसो भन्दा उनको एउटा दात भएको गीजा देखिन्थ्यो ।
त्यो आश्रममा म २ पटक पुगी सकेको छु । उनीहरुलाइ भेटेर आउदा मन त्यसै आनन्द आउछ । उनीहरुको कुरा सुनी दिदा पनि पिडा कम भएको महसुस गरेको उनीहरुले वताए । त्यहा वस्ने वृद्धाहरुको आआफनै कथा व्याथा छन । उनीहरुसग कुरा गर्दा गहभरी आसु पार्छन । मेरो पनि गला अवरुद्ध भएर आयो कति पटक । मैले पनि गहभरी आसु वनाए भने झन उनीहरुलाइ नरमाइलो होला भनेर आखा भीत्र भित्रै आसु लुकाइ दिए कति पटक । पहिलो पटक साथी सविता राइ र आश्रममा पुगेका थियौ ।
 त्यसैगरी दोस्रो पटक धरानका हलेसी फार्मेसी सन्चालक नवराज जीसग उहाको सासु स्वर्गीय देवीमाया अधिकारीको पुन्य तिथीमा आश्रमका वृद्धाहरुलाइ खाना खुवाउने दिन भएकाले पत्रकार साथीहरु सविता, सुनिता र भैरव आङला गएका थियौ । साथी सुनीताले वृद्धहरुका लागि केही खाने कुरा लगेकी थिइन । तर पनि अझै उनीहरुलाइ मासु खुवाउने हाम्रो उदेश्य पुरा भएन । मन्दिर परिसर भएकाले उनीहरुलाइ मासु खुवाउन मनाइ रहेछ । वाहिर लगेर खुवाउदा हुन्छ भनेको छ सन्चालक समितिले । अधिकांशहरुको इच्छा मासु खाने रहेको जाहेर गरेका छन ।
































2 प्रतिक्रिया:

  1. दिदी मेरो वार्षिक कार्यक्रम अन्तर्गत यही कार्तिक २९ गते वृद्धाश्रम जादै छु यही मौकामा हामी सबै जाउन हजुरआमाहरुलाई मासु खुवाउन जाउ न हुन्छ ?

    ReplyDelete
  2. दिदी मेरो वार्षिक कार्यक्रम अन्तर्गत यही कार्तिक २९ गते वृद्धाश्रम जादै छु यही मौकामा हामी सबै जाउन हजुरआमाहरुलाई मासु खुवाउन जाउ न हुन्छ ?

    ReplyDelete