तरकारी मिठो तीतेकरेला नबोले पनि झिम्काउ परेला

तरकारी मिठो तीतेकरेला

नबोले पनि झिम्काउ परेला

स्याबुना.......

सोए ढोले सोए अर्को ढोले खोए ।

यसरी स्वरमा स्वर मिलाउदै नाच्दै किरात र्राईहरुले गणतन्त्रको स्वागत गदै साकेला उभौली पर्व मनाएका छन् ।

आफुलाई प्रकृती पुजक मान्ने किरात र्राईले उधौली र उभौली पर्व बर्षा दर्ुइ पटक मनाउछन् । बैशाखे पूणिर्मामा मनाउने चाडलाई उभौली र मंसीर पूणिर्मामा मनाउने चाडलाई अधौली भनीन्छ ।

उभौली र उधौली पर्व र्राईहरुको वसोवास अनुसार फरक फरक ढंगले साकेला नाच्ने परंम्परा छ । उनीहरु साकेला थानमा गएर ढोल झाम्टा सिरलिङ वजाउदै साकेला सीली नाच्ने गर्छन । किरात र्राई विद्याथी संघका केन्द्रि महासचिव धिरेन्द्र रुम्दालीका अनुसार साकेला नाचको थालनी नाक्छोङ द्धारा कटुसको स्याउला गाडि गर्ने चलन छ । साकेला नाचको पनि विभिन्न किसीमको सिली हुन्छ । गोलाकार रुपमा नाचीने त्यो नाचको सिली परिवर्तन सिली माङपा र सिली माङमाले गर्छन । सिली माङ्पा र माङमाको निर्देशन अनुसार नाच परिपर्तन गरिन्छ ।

उधौली भन्दा उभौली पर्व र्राईहरुले भव्यताका साथ मनाउने गर्छन । सुृम्निमा र पारुहाङलाई आराध्य देवताको रुपमा पुजा गर्छन । प्रकृती पुजक भएकोले सुम्निमा र पारुहाङलाई नै उनीहरुले आकाश र धर्तिको प्रतिकको रुपमा मान्दै आएका छन् । साकेला थानमा स्थापना गरिएको सेतो र कालो ढुङ्गा सुम्निमा र पारुहाङको प्रतिकको रुपमा मानिन्छ । पर्वको अवसरमा र्राईहरु परंपम्परागत खाना, भेषभुषा लगाएर शुभकामना आदान प्रदान गर्ने गछन् ।

पहिचानको आन्दोलन गदे आएका किरात र्राईहरुको साकेला पर्वको अवसरमा यो वर्षदेखि सरकारले पनि र्सार्वजानीक विदा दिने घोषणा गरेको छ ।

यो बर्षसोईढोले सोई किरात राज्य खोई भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा साकेला नाच नाचियो ।



0 प्रतिक्रिया:

Post a Comment