समाचार सम्प्रेषण गरेको झुटो हुदा ।

नया वर्ष २०६८ को शुरुवात यात्रावाट शुरु भयो । तेह्थुमे भएकाले म बलजिते अर्थात बसन्तपुर लसुने जिरखिम्ति र तेह्थुममा महोत्सवमा सहभागि हुन गए । रमार्इलो भयो । थुप्रै विषयमा रिपोर्टिङ समेत गरियो । तीनजुरेमा गुरास अघान्जेल हेरियो । धिरज रार्इ तुलसी पराजुलीको गितमा खुव नाचियो साथीहरुसग । कमलीकान्त भेटवालको झम्के गुलेली गीत त मुख मै झुन्डीएको थियो । के वालक के वृद्ध के युवा सवैमा । जे होस रमार्इलो गरेका मीठो अनुभव लिएर वैशाख ६ गते धरान झरीयो । राम्ररी निदानउन नपाएका कारण ७ गते त विहानभरी सुतियो । पत्रिका समेत पढिएन। एफ एमबाट पनि समाचार सुनिन । दिनभरी नुहार्इ धुवार्इ गरियो । करिव ३ वजे तिर अफिसवाट फोन आयो । ९१ लाख फिर्ता गर्नेको फोन नम्वर मागियो । म त अलमल्ल परे किनकी मलार्इ त्यो समाचार थाहानै थिएन । एक जना पत्रकार साथीलार्इ फोन गरे । उनले भने अनुजाले राम्रो काम गरिन । ९१ लाख फिर्ता गरेर । मैले अनुजाको सम्पर्क नम्बर मागे । अफिसमा दिन भनी । पत्रकार साथीले दुइजनाले भेटेको कुरा गरे । मैले अर्की थीर्इन भोजपुर भुल्के कै ममता अधिकारी । उनलार्इ सोधे हो भनिन । उनको भनार्इ अनुसार अफिसमा खवर वताए । अफिसवाट उसोभए भोली स्टोरी गर्न भनियो ।
मैले अनुजालार्इ फोन गरे । त्यतिखेर सम्ममा राष्ट्रपनि डा रामवरण यादवले उनलार्इ फोन गरिसकेको रहेछ । भेटने समय र अन्तरवार्ता दिने फुर्सद नभएको वतार्इन र फोन उनले भेना चक्रविष्टलार्इ दिर्इन । विष्टलार्इ परिचय दिदै उनुजासग कुरा गर्ने मैले बताएपछि वल्ल उनले विहान ठिक सात वजे आउनु नत्र समय छैन भनी घुमाउरो पारेले भने । उनीहरुको त्यो रुखो व्यावाहार सम्झदा त समाचार गर्न मन लागेन । तर अफिसवाट समाचार गर्नु भनेपछि मैले जसरी पनि पुरा गर्नु थियो । अनुजालार्इ सोध्ने प्रश्न तयार गरे । विहान उठ्ने वित्तकै म र्इटहरी गए । अनुजालार्इ भेटे । पत्रकारको भीड थियो । अनुजालार्इ नी निरन्तर बधार्इ दिने र अन्तवार्ता लिनेको फोन आर्इरहेको थियो । मैले अन्तरवार्ता लिए । प्रसारण भयो । तर त्यो प्रसारण भएपछि साथीहरुले अन्तरवार्ता राम्रो भयो भने नाक फुलाएर वसीयो । एकजना पत्रकार साथिको फोन आयो गलत पो रे त भनेर । मलार्इ एकदम तनाव भयो । रातभरी छटपट भयो । निन्द्रा लागेन । विहान वैशाख ९ गते वास्तविकता पत्तलगाउनु पर्यो भनी म घरवाट निस्किए । एक्लै हिड्न पनि डर लाग्यो । त्यसैले नागरीक दैनिकका साथी रोहीतलार्इ जाउ भने । उनी पनि स्कुटर पछि वसे । हामीले अनुजाको आफन्त भेटयौ । छागावाट झरे झै भए म । सतप्रतिसत गलत भएको थाहा पाएपछि तनावको पारो झन वढ्दै गयो । कसैले छाविन समिति वनायो रे प्रहरीले अनुजालार्इ पक्राउ गर्यो रे भनेर फोन आउन थाल्यो । वास्तवमा फोनमा सोधिए जस्तो केही भएको थिएन । अनुजा शंकाको घेरामा भनेर समाचार गरियो ।

वास्तवमा ठुलो भुल गरियो । एकदम पछुतो लाग्यो । कान्तिपुरमा हर्ष सुब्बाले गरेको समाचार त्यसमा नी अफिसले फोन गरेर स्टोरी गर्न भनेका कारण मैले आखा चिम्लिएर अनुजाको कुरा विश्वास गरे । अनी सम्झीए मोहन मैनाली सरले तालिम दिदा देखाउनुभएको एक तस्विर सम्झे । जुन तस्विरमा संवाददातालार्इ कुर्सीमा वाधेर राखेको अनी दुर्इजना सम्पादकले सुर्इ देखाउदै गरेको तस्वीर थियो । फोटोले वोले झै संवाददाता वन्न सजिलो छैन । पत्रकारले सत्य छ की छैन भनेर वारम्बार पुन परिक्षण गर्नु पर्छ भनेर त सिकार्इएको थीयो । तर अनुजाको स्टोरी गर्ने वेलामा त्यो तालिममा सिकेको सैद्धान्ती ज्ञानको प्रयोग गर्न भुलियो । के भयो भयो । अहिले मेरो वोजुले भन्नुहुन्थ्यो । जंगलमा एक किसिमको झार पाउछ । त्यो झारले छोयो भने त वाटो विर्सेर जंगलमा घुमेको घुम्यै भर्इन्छ रे । वोजुले भने झै अनुजाको छोडेको घुमाउने झारले नराम्री घुमायो । बलजिते महोत्सवमा गएर आउने वित्तकै आफु पो वलजिते भर्इयो । साराले फोन गरेर सोध्छन । कतिले त वीवीसीले नी गल्ती गर्ने भनेर प्रश्न गर्छन । लाजले गाला राता हुन्छन । आजकाल त झन टेलीभिजनले स्कुप मार्ने निहुमा ल्फ्यास अनी ब्रेकिङ न्युन गर्ने होड छ । त्यसको शिकार धेरै पटक भएको छु म । टेलिभिजनामा ब्रेकिङ आउने वित्तकै अफिसवाट फोन आउछ । प्रसारीत समाचारका वारेमा खोज्दा अर्कै भेटिन्छ । समाचारमा जनाएजतिको घटना हुदैन । त्यसकारण जति संवेदनशिल भएपिन यसपाली चै म चिप्लिएर नराम्ररी पछारीए । पश्चताप लागेको छ ।
तनाव भएपछि म संखुवासभातीर हानीए । त्यहा पुग्दा नी त्यै ९१ लाख को कुरा । उफ उफ । पछ्याउन छोडेन । यसो विर्सन लाग्यो । झल्यस्य दिमागमा आर्इहाल्छ । सोधीहाल्छन । भाग्दा भाग्दा पनि नसकेपछि ल जा भनी लेखि दिए । दुख सुख यात्रामा थाकेको वेला मेरो विसौने चौतारी ब्लगमा । जिवन पहिलो पल्ट गलत भयो । आर्इन्दा यस्तो गल्ती दोहोर्याउने छैन । कोशीस वारम्बार जारी रहेनेछ । वीवीसी सुन्नै सवै स्रोता माझ म माफ माग्न चाहान्छु । मैले जानी जानी गल्ती गरेको होर्इन । अन्जानमा गल्ती गरियो । कागले कान लग्यो भन्दा कानै नछामी कुदिएछ ।
[caption id="attachment_306" align="alignleft" width="300" caption="Charan Das chor ka kalakarharu."]Charan Das chor[/caption]

0 प्रतिक्रिया:

Post a Comment